Skip to content
Janatako News

Janatako News

Janatako News

Banner Add
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ
  • व्यक्ति/व्यक्तित्व
  • मनोरंजन
  • अन्तर्वार्ता
  • विचार
  • खेलकुद
  • प्रदेश
  • चिनारी
  • अन्य
  • विश्व
  • ePaper

देशलाई संकट परेको बेलामा कांग्रेस चाहिएकाले अब नेकपाले जित्छु भन्ने कल्पना नगरे हुन्छ – नेता रामप्रसाद न्यौपाने

Ganga Baral

January 21, 2021


काठमाडौं । नेपाली कांग्रेसका काठमाडौ वडा नम्बर ४ का सभापति रामप्रसाद न्यौपानेले कोरोना महामारीका बेलामा जनतालाई राहत दिनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले भ्रष्टाचार गरेकाले त्यस्तालाई अब झुक्किएर पनि मतदान नगर्न आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय समितिले घोषणा गरे अनुसार आज प्रत्येक वडा समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रममा न्यौपानेले आफ्नै क्षेत्रबाट जितेका नेकपाका उम्मेदवार पोखरेल भ्रष्ट भएकाले जिम्मेवार भएर मतदान गर्न नागरिकलाई आग्रह गरेका छन् । पोखरेल वडा नम्बर ४ पनि समेटिएको काठमाडौं ५ बाट निर्वाचित भएका हुन् । विशाल मिलन केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले सरकारले संविधान मिच्ने काम गरेकाले यो भन्दा ठूलो दुर्घटना अरु केही पनि नहुने बताए । न्यौपानेले नेकपाले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको समेत आरोप लगाए । उनले आगामी निर्वाचनमा नेकपालाई जनताले फेरि पनि झुक्किएर मतदान नगर्ने समेत दाबी गरे । नेपाली कांग्रेसले देशलाई संकट पर्दा जहिले पनि निकास दिएको भन्दै उनले कांग्रेसको इतिहासलाई पनि हेर्न सर्वसाधरणलाई समेत आग्रह गरे ।

आफ्ना पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान बनेको स्मरण गराउँदै उनले कांग्रेसको नेतृत्वमा नै देश र जनताको हित हुने गरी सबै खाले क्रान्ति भएको समेत स्पष्ट पारे । उनले कम्युनिष्टको यस्तै गतिविधि रहिरहने हो भने उ अब इतिहासमा सीमित हुने बताएका छन् । कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का उपसभापति भैरव सापकोटाले नेकपाले संविधानमाथि प्रहार गरेकाले जनताको विश्वास गुमाउँदै गएको बताए । आफ्नै सांसद् धेरै भएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि घात गरेको उनको भनाई छ ।

काठमाडौं ५ को (क) प्रदेशका सभापतिसमेत रहेका सापकोटाले हिजो केही ओला कि भनेर कम्युनिष्टलाई मतदान गर्नेहरु अहिले निराश भएको टिप्पणी गरे । सापकोटाले कम्युनिष्टको सरकार इतिहासमै कलंकित र दुर्गन्धित भएको बताए । उनले सत्तामा पुगेर जनताको हित गर्छौं भन्ने कम्युनिष्टले आफ्नै मात्र हित गरेकाले उनीहरुको एजेण्डासमेत केही नभएको दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सभासद् रमा गुरागाइले जनताले बनाएको संविधानमाथि केपी शर्मा ओलीले लत्याएको आरोप लगाइन् ।

 


भर्खर

  • नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य नविन शाहीले नेकपाको कमेडी हेरेर जनता…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

  • चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

    काठमाडौं । चार दिनदेखि हराएकी माया अधिकारी नभेटिएपछि परिवार चिन्तित बनेको छ । गत आइतबार…

  • प्रतिनिधिसभाको बैठक बोलाइयो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाएकी छिन् । राष्ट्रपति कार्यालयले आज सूचना जारी…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि कसको पावर कति ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

You may Missed

समाचार

नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

समाचार

प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

समाचार

चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

समाचार

प्रतिनिधिसभाको बैठक बोलाइयो

1140X90
Janatako News

Janatako News

Janatako News

  • KMC-28, Putalisadak, Kathmandu
  • +9779851041802
  • news@janatakonews.com
  • विज्ञापनको लागि
  • +9779851041802
  • ads@janatakonews.com
  • प्रधान सम्पादक
  • गंगा बराल
  • सल्लाहकार
  • कोषराज गिरी
Copyright © 2021 Janatako News