Skip to content
Janatako News

Janatako News

Janatako News

Banner Add
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ
  • व्यक्ति/व्यक्तित्व
  • मनोरंजन
  • अन्तर्वार्ता
  • विचार
  • खेलकुद
  • प्रदेश
  • चिनारी
  • अन्य
  • विश्व
  • ePaper

नेकपाका केन्द्रीय सदस्य चन्द्र रिजाललाई पर्यटन व्यवसायीको सम्मान

Ganga Baral

January 14, 2021


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चन्द्र रिजाललाई पर्यटन व्यवसायीले आज सम्मान गरेका छन् ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का पूर्व अध्यक्ष रिजाललाई नेकपा समर्थक युवा पर्यटन व्यवसायीले सम्मानसँगै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले रिजाललाई केन्द्रीय सदस्य बनाउँदा पर्यटन व्यवसायीहरु अझै धेरै उत्साहित भएको धारणा राखे । कार्यक्रमका वक्ताहरुले पर्यटन क्षेत्रका नेतालाई पनि पार्टीले न्याय गरेकोमा खुशीयाली साटासाट गरे । उनीहरुले पार्टीको यो अभियानको प्रशंसा गर्दै पार्टीलाई मजबुत बनाउन सबै व्यवसायी लाग्ने प्रतिबद्धता समेत जनाए ।

रिजालले पर्यटन व्यवसायीले गरेको माया र सम्मानको लागि आभार व्यक्त गरे । रिजालले सबै व्यवसायीलाई एकताका साथ अघि बढ्न र पार्टीलाई थप उचाइमा लैजान पनि आग्रह गरे । विद्यार्थी राजनीतिबाट उदाउँदै पर्यटन व्यवसायमा समेत आफ्नो अलग्गै पहिचान बनाउन सफल रिजाल पार्टीभित्र कुशल र इमान्दार संगठक भनेर चिनिन्छन् । उनले सामाजिक न्याया र उत्पीडनको विरुद्धमा सधैं आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।

उनले पार्टीले पत्याएर दिएको जिम्मेवारी कुशलताका साथ पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।


भर्खर

  • नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य नविन शाहीले नेकपाको कमेडी हेरेर जनता…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

  • चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

    काठमाडौं । चार दिनदेखि हराएकी माया अधिकारी नभेटिएपछि परिवार चिन्तित बनेको छ । गत आइतबार…

  • प्रतिनिधिसभाको बैठक बोलाइयो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाएकी छिन् । राष्ट्रपति कार्यालयले आज सूचना जारी…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि कसको पावर कति ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

You may Missed

समाचार

नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

समाचार

प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

समाचार

चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

समाचार

प्रतिनिधिसभाको बैठक बोलाइयो

1140X90
Janatako News

Janatako News

Janatako News

  • KMC-28, Putalisadak, Kathmandu
  • +9779851041802
  • news@janatakonews.com
  • विज्ञापनको लागि
  • +9779851041802
  • ads@janatakonews.com
  • प्रधान सम्पादक
  • गंगा बराल
  • सल्लाहकार
  • कोषराज गिरी
Copyright © 2021 Janatako News