Skip to content
Janatako News

Janatako News

Janatako News

Banner Add
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ
  • व्यक्ति/व्यक्तित्व
  • मनोरंजन
  • अन्तर्वार्ता
  • विचार
  • खेलकुद
  • प्रदेश
  • चिनारी
  • अन्य
  • विश्व
  • ePaper

निर्वाचन भइहाल्ला र हतारिएर सरकारमा जाउँला भन्ने छैन कांग्रेसलाई– कांग्रेस नेता खनाल

Ganga Baral

January 12, 2021


काठमाडौं । २०७० सालको संविधानसभाको निर्वाचनमा नवलपरासी ५ बाट निर्वाचित कांग्रेस सांसद बिक्रम खनालले निर्वाचन भइहाल्ला र हतारिएर सरकारमा जाउँला भन्ने छैन कांग्रेसलाई लोभ नभएको बताए ।

निर्वाचन गर्ने पनि एउटा प्रक्रिया हुन्छ, जहिले मन लाग्यो त्यतिबेला निर्वाचन गर्छु भन्न मिल्दैन, प्रधानमन्त्रीले चालेको गलत कदमको भण्डाफोर गर्नुपर्छ’ उनले भने ‘निर्वाचनमा जाँदा हामीलाई राम्रो हुन्छ भन्ने थाहा छ तर कांग्रेसले आफ्नोमात्र फाइदा हेर्दैन, संविधानलाई धरापमा पार्ने काम कांग्रेसले गर्नु हुँदैन ।’ सरकार बन्ने प्रशस्तै विकल्प हुँदाहुँदै प्रतिनिधिसभा भंग गर्नु अव्यवहारिक र असंवैधानिक भएको उनको टिप्पणी छ । नेकपाभित्रको विवादले देश नै अस्थिर र अराजकताको बाटोमा गएको भन्दै उनले प्रतिनिधिसभा पुनर्स्थापना नै एकमात्र राम्रो विकल्प भएको स्पष्ट पारे ।

‘मुख्य कुरा संविधानमाथि प्रहार भयो भन्ने हो, लोकतन्त्र र संविधान जोगाउन सकियो भने त फेरि पनि निर्वाचन हुन सक्छ, जनताले पत्याए भने कांग्रेसले सरकार बनाउँछ ’ उनले भने ‘ संविधानसम्मत ढंगले गराइएको निर्वाचनमा मात्र कांग्रेसले भाग लिनुपर्छ, प्रधानमन्त्री ओलीले संविधान र विधिको शासनमाथि धावा बोलेका छन् ।’ उनले आफूविरुद्ध आउँदै गरेको अविश्वासको प्रस्ताव फेस गर्नबाट प्रधानमन्त्री डराएको टिप्पणी गरे । ‘आफू लोकप्रिय र राम्रो छु भन्ने लागेको भए प्रधानमन्त्रीले सहज बाटो अपनाउनु पर्दथ्यो तर गलत बाटोबाट गएर आफूलाई महान नेता बनाउने काम भयो ’ नेता खनालले भने ‘ संविधान बनाउने काममा मेरो पनि भूमिका थियो, हामीले प्रशस्तै छलफल गरेर राम्रो बनाएको हो, तर सही संविधान गलत मान्छेको हातमा गएपछि यस्तो समस्या आयो ।’

उनले सडक आन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्ने सम्भावना रहेको बताए । झण्डै दुई तिहाई मत भएको प्रतिनिधिसभा भंग गरेर वैशाखमा फेरि निर्वाचन गर्छु भनेर प्रधानमन्त्रीले भनिरहे पनि त्यसमा कुनै सत्यता नरहेको पनि दाबी गरे । ‘निर्वाचन गर्ने भनेर नै प्रतिनिधिसभा विघटन गरिएको होइन, प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन हरेक प्रपञ्च गरेका छन् त्यो अब धेरै टिक्दैन ’उनले भने ।


भर्खर

  • नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य नविन शाहीले नेकपाको कमेडी हेरेर जनता…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

  • चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

    काठमाडौं । चार दिनदेखि हराएकी माया अधिकारी नभेटिएपछि परिवार चिन्तित बनेको छ । गत आइतबार…

  • प्रतिनिधिसभाको बैठक बोलाइयो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाएकी छिन् । राष्ट्रपति कार्यालयले आज सूचना जारी…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि कसको पावर कति ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

You may Missed

समाचार

नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

समाचार

प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

समाचार

चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

समाचार

प्रतिनिधिसभाको बैठक बोलाइयो

1140X90
Janatako News

Janatako News

Janatako News

  • KMC-28, Putalisadak, Kathmandu
  • +9779851041802
  • news@janatakonews.com
  • विज्ञापनको लागि
  • +9779851041802
  • ads@janatakonews.com
  • प्रधान सम्पादक
  • गंगा बराल
  • सल्लाहकार
  • कोषराज गिरी
Copyright © 2021 Janatako News