Skip to content
Janatako News

Janatako News

Janatako News

Banner Add
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ
  • व्यक्ति/व्यक्तित्व
  • मनोरंजन
  • अन्तर्वार्ता
  • विचार
  • खेलकुद
  • प्रदेश
  • चिनारी
  • अन्य
  • विश्व
  • ePaper

खास माओवादी हामी नै हौं–अध्यक्ष बुढाथोकी

Ganga Baral

January 10, 2021


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कर्णजित बुढाथोकीले वास्तविक माओवादी आफैं भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित तीनवटा पार्टीको एकीकरण कार्यक्रममा बोल्दै अरु पार्टीले माओवादी भनेर भन्दै आएपनि उनीहरुमा वास्तविक रुपमा माओवादी विचार र सिद्धान्त नभएको दाबी गरे । ‘हामी जनताको हकहितमा लाग्छौं, अरु पार्टीले पनि माओवाद विचार बोकेको भनेपनि उनीहरु सैद्धान्तिक रुपमा विचलन भइसके ’ उनले भने ‘ नेकपामा भएको विवादलाई लिएर नेपालमा कम्युनिष्ट सकिए भन्छन्, हामी जिउँदै छौं, सबैको विश्वास जितेर जान्छौं ।’

माओवादी जनमुक्ति पार्टी नेपाल, नेकपा संयुक्त (क्रान्तिकारी) र बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता भएर पार्टीको नाम नेकपा (माओवादी केन्द्र) नै बनेको पार्टी सचिव अरुण घिसिङले जनाए । उनले पार्टीले अब नयाँ गति लिने दाबी गरे । ‘हिजो हाम्रो पार्टीमा केही समस्या थियो अब त्यस्तो छैन, पार्टीले सधैं देश र जनताका विषय उठाउँछ’ घिसिङले भने ‘हाम्रो पार्टीका पूर्व अध्यक्ष गोपाल किराँतीमा वैचारिक रुपमा विचलन भएपछि, राजनीतिक अकर्मण्यता देखाएपछि र सांगठनिक अराजकतामा लागेपछि उहाँलाई अध्यक्षबाट हटाएका हौं ।’

पार्टीले पौष २९ गते विराटनगर, माघ ३ गते काभ्रेको बनेपा, ६ गते सुर्खेतमा कार्यक्रम गर्ने जनाएको छ । पार्टीले माघ १२ गते काठमाडौंमा वाइसिएल भेला गर्ने भएको छ ।


भर्खर

  • नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य नविन शाहीले नेकपाको कमेडी हेरेर जनता…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

  • चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

    काठमाडौं । चार दिनदेखि हराएकी माया अधिकारी नभेटिएपछि परिवार चिन्तित बनेको छ । गत आइतबार…

  • प्रतिनिधिसभाको बैठक बोलाइयो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाएकी छिन् । राष्ट्रपति कार्यालयले आज सूचना जारी…

  • प्रतिनिधिसभा पुनर्स्थापनापछि कसको पावर कति ?

    काठमाडौं । सर्वोच्च अदालतले फाल्गुण ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालको राजनीतिमा नयाँ वहस सुरु…

You may Missed

समाचार

नेकपाको कमेडी हेरेर जनता वाक्कदिक्क भइसके– राप्रपा नेता नविन शाही

समाचार

प्रतिनिधिसभा पुनर्स्थापनापछि पावर देखाउने होडबाजीमा को को अगाडि ?

समाचार

चार दिनदेखि हराएकी माया नभेटिएपछि परिवार चिन्तित

समाचार

प्रतिनिधिसभाको बैठक बोलाइयो

1140X90
Janatako News

Janatako News

Janatako News

  • KMC-28, Putalisadak, Kathmandu
  • +9779851041802
  • news@janatakonews.com
  • विज्ञापनको लागि
  • +9779851041802
  • ads@janatakonews.com
  • प्रधान सम्पादक
  • गंगा बराल
  • सल्लाहकार
  • कोषराज गिरी
Copyright © 2021 Janatako News