Skip to content
Janatako News

Janatako News

Janatako News

Banner Add
  • गृहपृष्ठ
  • समाचार
  • अर्थ
  • व्यक्ति/व्यक्तित्व
  • मनोरंजन
  • अन्तर्वार्ता
  • विचार
  • खेलकुद
  • प्रदेश
  • चिनारी
  • अन्य
  • विश्व
  • ePaper

वाणिज्य महासंघमा उठेका गुप्तालाई अहिलेबाट नै चिन्ने कि ?

Ganga Baral

November 21, 2020


काठमाडौं । सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन् । उनको जन्म सन् १९७४ मा औद्योगिक नगरी विरगंजको रानीघाटमा भएको होे । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा जन्मिएका उनी सानैदेखि व्यवसाय र समाजसेवामा लागेका हुन् ।

गुप्ताले विरगंजस्थित रेलवे माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । त्यसपछि उनले विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययनप्रति विशेष रुची राख्ने गुप्ताले भारतबाट गणित बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली, अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढन मन गर्ने उनको बानी छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै अघि बढेका उनी छोटो समयमै व्यवसायीका रुपमा परिचय बनाउने सफल भए । उनी पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने गर्छन् । परिवारको साथबिना सफलता हासिल गर्न मानिसहरुलाई हम्मेहम्मे पर्ने उनी बताउँछन् ।

४६ बर्ष टेकेका गुप्ता यो अवस्थासम्म आईपुग्दा आफ्ना पिता मातासँगै श्रीमती रानी, छोरा मोहित र साहिल, छोरी मोहिनी र साथीभाई एवम इस्टमित्रको दर्विलो साथ र स्नेह आफुसँग रहेको स्मरण गर्छन् । सामाजिक चेतका धनी तथा शिक्षाप्रेमी सुबोध कुमार गुप्ता विभिन्न सामाजिक संघ संस्था एवम् शैक्षिक प्रतिस्ठानहरुमा समेत आवद्ध छन् ।

व्यवसाय र संगठनमा गुप्ताको भूमिका

सुबोध कुमार गुप्ता २२ बर्षको उमेरदेखि उद्योग व्यापारको क्षेत्रमा लाग्दै आएका छन् । गुप्ता व्यवसायिक रुपमा कृषि एवम् खाद्यान्नको क्षेत्रमा सकृय छन् । त्यसो त उनी कृषि एवम् खाद्यान्नको क्षेत्रमा लगानी गर्दै आएको प्रतिष्ठित व्यवसायिक घराना मोहित ग्रुपका संचालक हुन । उनले मोहित ग्रुपको प्रबन्ध निर्देशकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । मोहित ग्रुप खाद्य क्षेत्रको एक स्थापित ब्राण्ड मानिन्छ । ग्रुपलाई सही दिशा र गति दिन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका गुप्ताको सकारात्मक सोच, अद्धितीय कार्यकौशलता तथा व्यवस्थापकीय क्षमताका कारण मोहित ग्रुप छोटो समयमा नै स्थापित हुन सफल भएको मान्न सकिन्छ । यसरी एक प्रतिष्ठित व्यवसायिक प्रतिष्ठान खडा गर्न सफल गुप्तालाई सम्भावना बोकेका व्यवसायी नेताका रुपमा हेरिँदै आईएको छ ।

कृषि एवम् औद्योगिक क्रान्तिबाट नै देशले समृिद्ध हासिल गर्न सक्छ भन्ने सोच र भावनाबाट ओतप्रोत गुप्ताले देशको मुहार फेर्न सक्ने उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेका मात्र छैनन्, यसका अलवा पनि निजी क्षेत्रको तर्फबाट सो क्षेत्रको नेतृत्व समेत गरिरहेका छन् । गुप्ता हाल चामल, दाल, तेल उत्पादक संघका केन्द्रीय अध्यक्ष समेत हुन । उक्त संघको नेतृत्व सम्हाल्दै गर्दा गुप्ताले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दुरगामी सोच बोकेर अघि बढेका छन् । संगठन सुदृढीकरणको कार्य होस् वा राज्य स्तरमा निजी क्षेत्रको आवाजलाई बुलन्द पार्ने कार्यमा होस् उनी सधैं दत्तचित्त भएर लागिपरेका छन् । यस विषयमा गुप्ताको कार्यकाल निकै सफल मानिन्छ । खाद्य उद्योगको क्षेत्रको विकास र उन्नयनमा निकै सक्रियतापूर्वक लागि पर्दै आएका गुप्तालाई व्यवसायिक वृत्तमा भिजन भएका नेताको रुपमा लिईन्छ । युवा व्यवसायीहरु माझ निकै चर्चित गुप्तामा नयाँ पुस्ताका लागि रोल मोडल बन्न सक्ने सम्भवना पनि देखिन्छ ।

त्यसो त गुप्ता नेपालको व्यापारिक नगरी विरगंजवासीमाझ उत्तिकै चर्चित र लोकप्रिय छन् । उद्योगपति एवम् व्यवसायीहरुको शहरको उपमा पाएको वीरगंज वास्तवमै नेपालको प्रमुख व्यापारिक केन्द्र हो । गुप्ताले यही शहरबाटै आफ्नो व्यवसायिक यात्राको शुभारम्भ गर्दै सफलताको लक्ष्य प्राप्त गर्दै आएका छन् । दुई दशक अघिदेखी विरगंज उद्योग वाणिज्य संघको कार्य समितिमा रहेर काम गर्दै आएका गुप्ता हाल संगठनको वरिष्ठ उपाध्यक्ष छन् । यस अघि उनी संघको महासचिव र उपाध्यक्षमा निर्वाचित भएका थिए । उनले महासंघमा रहेर ट्रेड कमिटी सदस्यको राम्रो अनुभव संगालेका छन् । यस अर्थ उनलाई समग्र निजी क्षेत्रले उद्योग वाणिज्य क्षेत्रका अनुभवी र दिग्गज सारथीका रुपमा हेर्ने गरेको पाईन्छ ।

अब्बल नेतृत्व र ख्याती

चामल, तेल दाल उद्योग संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा गुप्ताले देश, देशवासी, व्यवसायी र खाद्य क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको छ । मुलुकले विगत ८ महिनायता कोभिड १९ (कोरोना भाइरस) को कहर झेलिरहेको अवस्थामा उनले बागडोर सम्हालेको संघले जनस्तर एवम् राज्यस्तरमा राम्रो छाप छोड्न सफल भयो । विशेषतः यो अवधिमा मुलुकमा खाद्या पदार्थको अभाव हुन नदिन उनको नेतृत्वमा संघले लिएको पहलकदमी राष्ट्रिय अर्थतन्त्र साथै उपभोक्ताको खाद्य अधिकारको क्षेत्रमा कोशेढुङ्गा साबित भएको छ ।

यो ८ महिनाको अन्तरालमा नेपालमा खाद्यान्नको कसैले पनि अभाव महसुश गर्नु परेन । यसलाई सुखद पक्ष नै मान्नुपर्छ । यसबीचमा व्यवसायिक वातावरण निर्माण गर्न उनले संघको तर्फबाट सरकारका विभिन्न तह समक्ष गरेको ‘लबी’ का कारण व्यवसायीहरुले निर्धक्कका साथ आफ्नो व्यवसाय संचालन गर्ने माहौल बन्दै आएको छ । व्यवसायीहरुका तमाम समस्याहरुलाई समाधान गर्न समेत आफ्नो बलबुताले भ्याएसम्म उनी सक्रियतापुर्वक लागि पर्ने गर्दछन् । निजी क्षेत्रको साख र गरिमालाई अक्षुण राख्दै व्यापार व्यवसायी गर्नुपर्छ भन्ने मान्यता राख्ने गुप्तालाई एक इमान्दार र कर्मठ व्यवसायीका रुपमा लिईन्छ । फलतः उनको व्यक्तित्व र नेतृत्वको सर्वत्र चर्चा हुँदै आएको छ ।

यसबाहेक पनि उनले विरगंज उद्योग वाणिज्य संघमा विगत दुई दशक देखी विभिन्न तहमा रहेर गर्दै आएको कार्यले वाणिज्य आन्दोलनलाई बल पुर्याईरहेको छ । त्यसो त विरगंज उद्योग वाणिज्य संघमा निरन्तरको उनको उपस्थितिले यसको सुदृढीकरणमा उस्तै योगदान पुगेको छ । बौद्धिकता, निर्भिक र दृढ आत्मविश्वास, मिलनसारिता, सहयोगीपना, नेतृत्वदायी भूमिका आदिजस्ता सद्गुणबाट कहलिएका र चिनिएका गुप्ताले संगठन विस्तारका लागि खेल्दै आएको भूमिका सराहनीय छ ।

वौद्धिक व्यक्तित्व

मन, वचन र कर्मले आफ्नो दायित्वमा खरो उत्रँदै आएका गुप्ता आम व्यवसायी माझ वौद्धिक व्यक्तित्वका रुपमा पनि परिचित छन् । समय समयमा उनले खाद्य, कृषि र व्यवसाय क्षेत्रसँग सम्बन्धित रही कलम चलाउँदै आएका छन् । उनका लेख रचनाहरु राष्ट्रिय एवम् स्थानीय स्तरका संचार माध्यममा प्रकाशित हुँदै आएका छन् । व्यवसायिक रुपमा उद्योग र व्यापारको क्षेत्रमा लाग्दै गर्दा लेखमार्फत विचार सम्प्रेषणले सो क्षेत्रको विकासमा टेवा पुग्ने उनको विश्वास छ ।

निजी क्षेत्रको भनाई राख्दै लेखिने यस्ता समसामयिक लेखले सरकारलाई नीति एवम् योजना बनाउन, उपभोक्तालाई बजार अवस्थाबारे जानकारी दिलाउन र आम व्यवसायीलाई हौसला प्रदान गर्न सघाउ पुग्ने उनको बुझाई छ । व्यवसायिक वातावरणमा आँच आयो भने देशको अर्थतन्त्र र जनजीवनमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा यसतर्फ राज्य र सरोकारवाला सबैले ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।

गुप्ताको उम्मेदवारी र वचनबद्धता

सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत संघका तर्फबाट कार्यकारीणी सदस्य पदका लागि आफ्नो उम्मेदवारी मनोनयन गरेका छन् ।

महासंघका लागि यो उनको पहिलो प्रयास हो । उनमा नीहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष हुन् । भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएको नेताको रुपमा पनि उनलाई हेरिएको छ । ‘भिजनरी बिजनेश लिडर’ का रुपमा हेरिँदै आएका सुबोध कुमार गुप्ता देशको समृद्धि हासिल गर्न कृषि क्षेत्र प्रमुख रहेको दाबी गर्छन् ।

नेपालमा प्रशस्त मात्रामा खेतीयोग्य जमिन भएपनि सरकारको गलत नीति र असहयोगका कारण उद्योग कारखानाका लागि चाहिने कच्चा पदार्थको आयात गर्नुपर्ने बाध्यता आम उद्योगी व्यावसायीमा रहेको उनको भनाई छ ।

पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन रहेको अवस्था औल्याउँदै तराई मधेश क्षेत्रमा भएको जमिनको खण्डीकरणले उत्पादन क्षमता घट्दै गएको प्रति उनी चिन्ता व्यक्त गर्छन् । हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन नसकिरहेको उनको दाबी छ ।

यसर्थ पनि उत्पादनशील क्षेत्रको पहिचान र विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनबाट आउने समूहले काम गर्नुपर्ने उनको धारणा छ । यस्ता तमाम खालका समस्याहरुको समाधान गरेर कृषिमा क्रान्ति ल्याउँदै देशलाई औद्योगिक क्रान्तितर्फ अघि बढाउन र कोरोनापश्चात सिर्जित परिस्थितिबाट आम व्यवसायी एवम् मुलुकलाई राहत दिलाउन आफु सधैं अग्रसर रहने वचनबद्धता उनले व्यक्त गरेका छन् ।

 


भर्खर

  • देशलाई संकट परेको बेलामा कांग्रेस चाहिएकाले अब नेकपाले जित्छु भन्ने कल्पना नगरे हुन्छ – नेता रामप्रसाद न्यौपाने

    काठमाडौं । नेपाली कांग्रेसका काठमाडौ वडा नम्बर ४ का सभापति रामप्रसाद न्यौपानेले कोरोना महामारीका बेलामा…

  • संविधानसभाका अध्यक्ष नै विवादमा

    काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ नै विवादमा परेका छन् ।…

  • नेकपाका केन्द्रीय सदस्य चन्द्र रिजाललाई पर्यटन व्यवसायीको सम्मान

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चन्द्र रिजाललाई पर्यटन व्यवसायीले आज सम्मान…

  • निर्वाचन भइहाल्ला र हतारिएर सरकारमा जाउँला भन्ने छैन कांग्रेसलाई– कांग्रेस नेता खनाल

    काठमाडौं । २०७० सालको संविधानसभाको निर्वाचनमा नवलपरासी ५ बाट निर्वाचित कांग्रेस सांसद बिक्रम खनालले निर्वाचन…

  • प्रधानमन्त्रीको धम्कीले कोही डराउने छैन– सांसद पन्थ

    काठमाडौं । राष्ट्रियसभाका नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरुद्धमा नबोल…

You may Missed

समाचार

देशलाई संकट परेको बेलामा कांग्रेस चाहिएकाले अब नेकपाले जित्छु भन्ने कल्पना नगरे हुन्छ – नेता रामप्रसाद न्यौपाने

समाचार

संविधानसभाका अध्यक्ष नै विवादमा

समाचार

नेकपाका केन्द्रीय सदस्य चन्द्र रिजाललाई पर्यटन व्यवसायीको सम्मान

समाचार

निर्वाचन भइहाल्ला र हतारिएर सरकारमा जाउँला भन्ने छैन कांग्रेसलाई– कांग्रेस नेता खनाल

1140X90
Janatako News

Janatako News

Janatako News

  • KMC-28, Putalisadak, Kathmandu
  • +9779851041802
  • news@janatakonews.com
  • विज्ञापनको लागि
  • +9779851041802
  • ads@janatakonews.com
  • प्रधान सम्पादक
  • गंगा बराल
  • सल्लाहकार
  • कोषराज गिरी
Copyright © 2021 Janatako News