
रमेशकुमार बोहोरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धेरैजसो हावादारी तर्क गरेर विवादमा आउने गर्छन् । उनले केही दिनअघि आफूले राजीनामा दिएमा देश झन् वरवाद हुने दाबी गरेपछि उनको पक्ष र विपक्षमा मत आएका छन् ।
ओलीले कुनै पनि हालतमा आफूले राजीनामा नदिने र कसैलाई राजीनामा नमाग्न पनि धम्की दिएका छन् । उनले आफूले राजीनामा दिए देश झन् वरवादीतिर जाने बताएर आफ्नो लाज ढाक्न खोजेका छन् । उनी प्रधानमन्त्री भएको आगामी फाल्गुण ३ गते तीन वर्ष पूरा हुन्छ । उनको कार्यकाल जनताले अपेक्षा गरेभन्दा धेरै फरक भएकाले पनि ओलीको पक्षमा जनमत घट्दै गएको छ । ओलीले आफ्नै अडानका कारण देशले विकास र समृद्धिको फड्को मारेको भन्न छोडेका छैनन् । ओलीले कामभन्दा गफ बढी गरेको भए पनि उनका आसेपासेहरुले भनें जनताको भावना अनुसार नै काम भइरहेको भन्दै चाकडी गर्नमै व्यस्त छन् ।
ओलीको कार्यकालमा जनताले राहत पाउनुभन्दा बढी दुःख पाएका छन् । उनले नारामा लाएजस्तो कुनै पनि काम भएको जनताले महसुश गरेका छैनन् । आफ्नो पाँच वर्षको सरकार भएकाले पनि त्यतिबेलासम्म सबै विकास गरिसक्ने भन्दै उनी सबैलाइृ अल्मल्याउन नै व्यस्त छन् । ओलीको व्यवहार र कार्यशैली सत्ताधारी दल नेकपालाई पनि मन परेको छैन । आफूले केही निर्णय गर्न नसक्ने र अरुको कुरा पनि नसुन्ने भएकाले पनि उनी दिनैपिच्छे कमजोर बन्दै गएका छन् । हिजोको निर्वाचनमा ओलीले मीठा नारा लगाएका कारणले ने जनताले बढी विश्वास गरेका थिए तर अहिले जनता पूरै विपक्षमा रहँदासम्म पनि उनले त्यसलाई वास्ता गरेका छैनन् । ओली जसरी भए पनि आफ्नो प्रधानमन्त्रीको जागिर टिकाउने ध्याउन्नमै छन् ।
ओलीको एकलौटी पाराबाट पार्टीका शीर्ष नेता पनि सन्तुष्ट छैनन् । गत मंसिर ४ गते ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति नमानेको भन्दे प्रचण्ड रिसाएका छन् । त्यतिबेला ओलीले पाँच वर्ष नै सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने सहमति भएको थियो । ओलीले एकलौटी पाराले सरकार चलाए पनि पार्टी चलाउने जिम्मा प्रचण्डले पाएका छैनन् । सरकारको काम कारवाहीमा प्रचण्डले सोझै हस्तक्षेप गरेका छैनन् तर ओलीले भने न त प्रचण्डलाई पार्टी चलाउन नै दिए न त कुने महत्वपूर्ण निर्णयमा उनीहरुबीच सहमति नै भएको छ ।
पछिल्लो समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा सोझै हस्तक्षेप गरेकाले पनि आलोचना सहनुपरेको छ । विद्याले आफ्नो पदीय मर्यादालाई ख्यालै नगरी पार्टीमा हस्तक्षेप गर्नु पक्कै पनि राम्रो पाटो होइन । विद्याको काम पनि ओलीको सरकारमा आयु टिकाउनु र आफू पनि राष्ट्रपति भइरहने दाउमा केन्द्रित छ ।
सरकारको पटकपटक आलोचना हुँदा पनि जनताको भावनाको सम्वोधन गर्नेतिर कसेले चासो देखाएका छैनन् । ओलीलाई पनि जनताको समस्याबारे कुनै चासो छैन । आफ्ना वरिपरि राखेका मान्छेले गरेको आर्थिक अनियमितता र त्यसैबाट अवैध फाइदा उठाउन नै उनी मस्त छन् । जनताले आफ्नो सरकार भएको महसुश गर्न नपाउनु साँच्चै नै दुःखद् पाटो हो तर यो कुरा सुन्ने र बुझ्ने काममा कसैको चासो छैन ।